मनसुन सक्रिय, ३ दिनसम्म पानी पर्ने सम्भावना, गर्मीबाट राहत

 साउन ३, २०७९ मंगलबार १६:२६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मनसुन फेरि सक्रिय हुन थालेको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।  

आज मङ्गलवार दिउँसोदेखि नै काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्न थालिसकेको छ । अबको तीन दिनसम्म नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।  

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् । लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । 

पर्सि बिहीवार दिउँसोदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्  । मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा केही माथि अर्थात् नेपालतिर सरेकाले मनसुन फेरि सक्रिय भएको हो । हिजो/अस्ति मनसुनी न्यून चापीय रेखा भारततर्फ रहेकाले नेपालमा पानी पर्न सकेको थिएन । मौसम बदली भएसँगै गर्मी कम भएको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया