तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुकाे विकल्प छैन : याेगेश भट्टराई

 साउन ३, २०७९ मंगलबार १८:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गर्नुभएको छ । 

आज मङ्गलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रियामा बोल्दै एमाले सचिव भट्टराईले यस्तो आग्रह गर्नुभएको हो । उहाँले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । कसले के गर्‍याे भन्ने कुरा बिर्सिनुपर्छ । कसले के गर्‍याे भने धेरै पछाडि नफर्किऔँ । जब कसले के गर्‍याे भन्ने कुरामा हामी जान्छौँ, एकले अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ भने काम हुँदैन । अगाडि कसरी जाने, त्यो सोचौँ । माओवादी साथीहरू र समाजवादी फर्किनुपर्‍याे । ’

सचिव भट्टराईले देशमा राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिएको बताउनुभयो । उहाँले कम्युनिस्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्ति राष्ट्रहरूसँग आँखा जुधाएर बोल्न सक्ने बताउनुभयो । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरूले सबै प्रणाली खाइदिने उहाँको भनाइ छ ।

उहाँले नेपाली कांग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने दाबी गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै नीति नभएको उहाँले टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया