प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा

 साउन ४, २०७९ बुधबार १५:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।

आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन् । पुबुदुले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेकाे छ । 

दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण आफूले राजीनामा दिएकाे उनले पत्रकार सम्मेलनमा भनेका छन् । अब आफू क्यानडा जाने पनि पुबुदुले बताएका छन् ।   

गएकाे मङ्सिरमा क्यानले खुला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रूपमा रहेका थिए । 

उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षक मानिन्छ । यस्तै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । उनको पहिलो कार्यकाल निकै फलदायी भए पनि दोस्रो कार्यकालले खासै सफलता हासिल गर्न सकेन ।

यसै हप्ता स्कटल्यान्डमा सम्पन्न आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सफलता हासिल नगरेपछि उनी आलोचित बन्न पुगेका थिए । त्यति बेला नेपालले खेलेका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित हात पारेको थियो । पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीको खराब नतिजाका कारण उहाँ दबाबमा पर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया