श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले ४ विकेटले जित्यो

 साउन ४, २०७९ बुधबार १५:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान चार विकेटले विजयी भएको छ । गाल्लेमा घरेलु टोली श्रीलङ्काले दिएको तीन सय ४२ रनको लक्ष्य पाकिस्तानले आज पाँचौँ दिनको खाना समयपछि ६ विकेट गुमाएर भेटायो । 

पाकिस्तानका लागि अब्दुल्लाह सफिकले नटआउट एक सय ६० रन बनाए । यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए । पाकिस्तानले आफ्नो टेस्ट इतिहासमा दोस्रो सबैभन्दा धेरै रनको लक्ष्य पूरा गर्ने रेकर्ड समेत बनाएको छ । पाकिस्तानले सन् २०१५ मा श्रीलङ्काले दिएको तीन सय ७७ रनको लक्ष्य पूरा गरेको थियो । 

दोस्रो पारीमा बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले चार विकेट लिए । पहिलो पारीमा चार रनको अग्रता बनाएको श्रीलङ्का दोस्रो पारीमा तीन सय ३७ रनमा अलआउट भएपछि पाकिस्तानले तीन सय ४२ रनको लक्ष्य पाएको हो । 

दुई वटा टेस्टकाे शृङ्खलाका लागि पाकिस्तान श्रीलङ्का भ्रमणमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया