एसपीपीबारेका निर्णय कार्यान्वयनको अवस्थाबारे संसद्लाई जानकारी गराउन सभामुखको रुलिङ

 साउन ५, २०७९ बिहिबार १६:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताबारे सरकारले गरेको निर्णय कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन रुलिङ गर्नुभएको छ । 

आज बिहीवारकाे बैठकमा सत्तारूढ दलकै सांसदसहित अन्य सांसदले पनि एसपीपी सम्झौता रद्द गर्ने सरकारको निर्णय कार्यान्वयन नभएकोबारे आपत्ति जनाउँदै सरकारलाई रुलिङ गर्न माग गरेका थिए । सांसदहरूको मागपछि सभामुख सापकोटाले सरकारलाई एसपीपीबारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ गर्नुभएको हो । 

‘एसपीपीको विषयमा मेरो ध्यानकर्षण भएको छ । याे सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सन्दर्भमा संसद्लाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु’, सभामुख सापकोटाले भन्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया