साफमा सहभागी हुने नेपाली २० वर्षमुनिको फुटबल टोलीको बिदाइ

 साउन ६, २०७९ शुक्रबार १३:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ पुरुष फुटबल च्याम्पियनशिपमा सहभागी हुने २० वर्षमुनिको नेपाली युवा टोलीलाई बिदाइ गरिएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय ललितपुरमा भएको कार्यक्रममा टोलीको बिदाइ गरिएको हो । २० वर्षमुनिकाे फुटबल टोली भारतको भुवनेश्वरमा हुने साफमा सहभागी हुनेछ । 

च्याम्पियनशिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश सहभागी हुनेछन् । च्याम्पियनशिपका लागि नेपाली टोलीका
मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका थिए । प्रतियोगितामा नेपालको कप्तानी मिडफिल्डर आयुष घलानले गर्नेछन् । 

च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग जुलाई २५ तारिख अर्थात् आउँदो सोमवार खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ तारिख अर्थात् बुधवार, त्यस्तै भारतसँग जुलाई ३१ तारिख अर्थात् साउन १५ गते र अन्तिम खेलमा बङ्गलादेशसँग अगस्ट २ तारिख अर्थात् १७ गते खेल्ने तालिका छ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ तारिख अर्थात् साउन २० गते खेल्नेछन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया