काम सपार्न नखोज्नेहरूको जमघटमा गफ : त्यसैले देश बिग्रियो !
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – कतारमा हुने विश्वकप फुटबलमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान नेपाल सरकारले अनुमति दिएको छ ।
आउँदो नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबलको समयमा कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेको र नेपाल सरकारले श्रम स्वीकृति प्रदान गरेर नै श्रमिक पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका राजिव पोख्रेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘विश्वकप फुटबलमा छोटो अवधिका लागि नेपाली श्रमिक पठाउने सम्बन्धमा नेपाल सरकारको धारण के हो भन्ने विषयमा कतारमा रहेको नेपाली दूतावासले पत्र लेख्यो, यो विषयमा हामीले यहाँ छलफल गर्दा शून्य लागतमा श्रमिक पठाउन अनुमति दिने निर्णय भएको छ ।’
विश्वकप फुटबलको समयमा कतारले छोटो अवधिका लागि झण्डै १२ हजार श्रमिक लिन चाहेको र त्यसमा नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीहरूले दूतावासमा चासो राखेपछि कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो ।
जसअनुसार आज शुक्रबार श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको हो ।
यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउने छन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपैयाँ पनि पैसा तिर्न पर्दैन ।
‘श्रम मन्त्रालयले गरेको यो निर्णय अब हामी कतारमा रहेको नेपाली दूतावासलाई पठाउने छौँ, यो निर्णयसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गर्नुहुनेछ,’ श्रम मन्त्रालयका सहसचिव पोख्रेलले भन्नुभयो ।
विश्वकप फुटबल आउन केही महिना मात्र बाँकी रहेकाले श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणपछि श्रमिक पठाउने प्रक्रियालाई पनि छिटो र सरल रूपमा हुने गरी व्यवस्था गरेको जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट इजाजत लिएका सबै म्यानपावर कम्पनीहरूले यो छोटो अवधिका लागि कामदार मागपत्र ल्याएर श्रमिक पठाउन पाउनेछन् ।
त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनी बाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीको लागि जान खोज्नेहरूले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।
कानुन अनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कहीँ कतैबाट त्यो भन्दा कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वकृति प्रदान गर्ने पनि कानुनी व्यवस्था भएकाले यो छोटो अवधिका लागि श्रम स्वीकृति दिएरै कामदार पठाउन कानुनी अड्चन नभएको सहसचिव पोख्रेलले जानकारी दिनुभयो ।
तर नेपालबाट कति श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा अहिले नै निश्चित भइसकेको छैन ।
अब मागपत्र प्रमाणीकरणका लागि आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवा सुविधाको बारेमा जानकारी हुनेछ । तर सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा सुविधा पाउनेछन् ।
विश्वकप फुटबलकै समयमा छोटो अवधिका लागि श्रमिक पठाउँदा हुन सक्ने ठगी रोक्न मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीहरूसँग छलफल गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरूले छोटो अवधिका लागि विश्वकपको काममा श्रमिक पठाउँदा कुनै पनि शुल्क नलिने सहमति गरेको मन्त्रालयका सहसचिव पोख्रेलले जानकारी दिनुभयो ।
‘हामीले वैदेशिक रोजगार व्यवसायीहरूसँग कुनै पनि शुल्क लिन पाइँदैन, शून्य लागतमा पठाउन पर्छ भनेर छलफल गरिसकेका छौँ, यसमा उहाँहरू पनि सहमत हुनुभएको छ ’ सहसचिव पोख्रेलले भन्नुभयो ‘श्रम मन्त्रालयले पनि यो कामका लागि यसरी जान सकिन्छ र यसका लागि कुनै पनि शुल्क लाग्दैन भनेर सूचना निकाल्छ, जो जान चाहनुहुन्छ उहाँहरूले कुनै पनि शुल्क तिर्न पर्दैन भनेर मन्त्रालयले सचेत गराउँछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
Bhattarai
July 23, 2022, 6:53 p.m.मलाई इलेक्ट्रिसियनको काम अति आवश्यक छ / त्यसैले सम्झनुहोला /
Pradip kumar tamang
July 23, 2022, 8:42 a.m.यसको लागि के के प्रक्रिया गर्नु पर्छ कृपया जानकारी पाउन सक्छु र कहिले सम्म हो यो अबधि कहाँ सम्पर्क गर्नुपर्ने हो जानकारी पाउन पाए आभारी हुने थ्यो कि ?
Sijan gyami magar
July 23, 2022, 8:40 a.m.के गर्ने ?
arjun
July 22, 2022, 10:03 p.m.सेबा सुबिधा केकस्तो भनि खुलायेको भए हुन्थ्यो
Shaym Sundar Mahato
July 22, 2022, 5:27 p.m.कसरी जाने ? आफै प्रक्रिया गर्न मिल्दैन ? म्यानपावरमा गयो भने ३०/४० हजार लिइहाल्छन्..के को शुन्य लागत भयो र / यसको समाधान कसरी हुन्छ ?