साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – यातायात व्यवसायीहरुले दसैँका लागि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।
सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै व्यवसायीहरु अग्रिम टिकट बुकिङ गर्न तयार भएका हुन् । सरकारसँग सोमबार भएको सहमति अनुसार मंगलबार बिहान ९ बजेदेखि अग्रिम टिकट बुकिङ सुरु गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न आफूहरुले माग गरेको भए पनि सरकारले भाडा वृद्धि गरिदिएर आफूहरुलाई केही राहत प्रदान गरेको महासंघका महासचिव सिटौलाले बताउनुभयो ।
यात्रुको मागलाई ध्यानमा राखेर सवारी साधन व्यवस्थापन गरिने सिटौलाको भनाई छ । यसअघि व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजसहित उचित भाडा समायोजन गर्नुपर्ने माग सम्बोधन नभएसम्म दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने बताउँदै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।