अन्तिम मिनेटमा सम्हालिन नसक्दा म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासँग बराबरीमा रोकियो

 साउन ७, २०७९ शनिबार १७:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

मैत्रीपूर्ण फुटबलमा म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । अष्ट्रेलियाको पर्थमा भएको खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा युनाइटेड एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिन बाध्य भयो ।

पहिलो हाफमा २ गोल गरेको युनाइटेडले दोस्रो हाफमा गोल गर्न सकेन, उल्टै २ गोल खायो र खेल बराबरीमा सकियो । युनाइटेडका लागि सान्चोले २५ मिनेटमा गोल गर्दै अग्रता बनाए । ४२ मिनेटमा एस्टन भिल्लाका म्याटी क्यासले आत्मघाती गोल गर्दा युनाइटेडले २–० को अग्रता बनायो । तर ४९ मिनेटमा लियोन बेली र थपिएको समयको तेस्रो मिनेटमा च्याम्बरले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । आजको खेलमा युनाइटेडका खेलाडी क्रिष्टियानो रोनाल्डो खेलेका थिएनन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया