महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुने

 साउन ८, २०७९ आइतबार ६:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।

एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान सहभागी हुँदैछन् ।

नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा भएको साफमा फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया