पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

 साउन ८, २०७९ आइतबार १७:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) लिग दाेस्राे संस्करण खेल्ने भएका छन् । 

आउँदाे सेप्टेम्बर २० बाट सुरु हुने प्रतियाेगितामा नेपालबाट पारस खड्काले खेल्ने भएका हुन् । लेजेन्ड्स लिग क्रिकेटमा विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरूले खेल्ने गर्दछन् । 

लेजेन्ड्स लिग क्रिकेटकाे दाेस्राे संस्करण भने ओमानकाे साटाे भारतमा हुने भएकाे छ । भारतमा क्रिकेटका प्रशंसक धेरै भएकाले आउँदाे संस्करण भारतमा सार्ने निर्णय गरेकाे एलएलसीले जनाएकाे छ । 

एलएलसीले आउँदाे संस्करणमा पारससहित आठ जना क्रिकेटरलाई समावेश गरेकाे हाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया