२० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि

 साउन ९, २०७९ सोमबार १०:३१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा हुँदैछ ।

कालीङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । आजै हुने अर्को खेलमा श्रीलङ्का र बङ्लादेश खेल्ने छन् ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्लादेशको सहभागिता छ ।

नेपालले अर्को खेल पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदाे आइतवार र  अन्तिम खेलमा बङ्लादेशसँग आउँदाे मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया