पालिका चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च, बचेको ३ अर्ब सरकारलाई फिर्ता

 साउन १०, २०७९ मंगलबार १७:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो ।  

चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनावभन्दा मितव्ययी भएको आयोगले दाबी गरेको छ । चुनावका लागि आयोगलाई सरकारले आठ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । त्यसमध्ये आयोगले खर्च गरेर बाँकी रहेको तीन अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सचिवालयमा एक अर्ब दुई करोड ६३ लाख १२ हजार एक सय २९, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा चार करोड ५० लाख रुपैयाँ खर्च भएको छ । 

प्रवक्ता पौडेलले पालिका चुनावमा प्रति मतदान केन्द्र दुई लाख २९ हजार पाँच सय ७८ रुपैयाँ र प्रति मतदाता दुई सय ८४ रुपैयाँ खर्च भएको बताउनुभयो । आयोगले गरेको खर्चमध्ये २० प्रतिशतमात्रै आयोगको सचिवालय अर्थात् केन्द्रीय कार्यालयबाट भएको र बाँकी सबै खर्च सङ्घीय मोडेलमा तल्ला तहबाट खर्च भएको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया