भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – पुस महिनामा देशभर ४ हजार ३ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकानुसार पुसमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यकामा १ हजार ३ सय ६३ वटा मुद्दा दर्ता भएका छन् ।
यस्तै प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६ सय ५० वटा र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ५१ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी कोशीमा ६ सय ३०, बाग्मतीमा ४ सय २९, गण्डकीमा ३ सय ६, लुम्बिीमा ५ सय ४६ र सुदूरपश्चिमा २ सय ७० वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।
पुस महिनामा सबैभन्दा धेरै बैंकिङ कसूरमा १ हजार १ सय ४६ वटा मुद्दा दर्ता भएका छन् । यो संख्या कुल मुद्दाको २६.३८ प्रतिशत रहेको प्रहरीले जनाएको छ । यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ६ सय १०, आत्महत्याका ४ सय २४, लागूऔषधका ४ सय १३, चोरीका २ सय ७२, ठगीका २ सय २२, सवारी ज्यानका १ सय ६८, जबरजस्ती करणलीका १ सय ५०, ज्यान मार्ने उद्योगका ८५ र कर्तव्य ज्यान मुद्दाका ४१ वटा मुद्दा दर्ता भएका छन् ।
मुद्दा दर्ता दर मंसिर महिनाको तुलनामा ३.९२ प्रतिशतले बढेको प्रहरीले जनाएको छ । मंसिरमा ४ हजार १ सय ८१ वटा मुद्दा दर्ता भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।