प्रतिकूल मौसमका कारण विद्यालय शिक्षामा उच्च असर, २४ करोड २० ल...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समिति नै अलमलमा परेको छ । अर्थ मन्त्रालयले डिलिट भयो भने पनि समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबमार्फत हार्डडिस्क रिकभर गरेर सीसीटीभी फुटेज निकालेको छ । तर फुटेजमा भएका दृष्यलाई लिएर समिति नै अलमलमा परेको हो । फुटेजमा भएका दृष्य अस्पष्ट भएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।
फरेन्सिक ल्याबबाट प्राप्त फुटेजलाई अविश्वास गर्न पनि नसकिएको र विश्वास गर्दा पनि स्पष्ट दृष्य नपाएकोले दोधारमा परिएको ती सदस्यले जनाएका छन् ।
आज बिहानको बैठकमा सीसीटीभी फुटेज हेरेर प्रारम्भिक अध्ययन भएकोमा बेलुका फरेन्सिक ल्याबकै विज्ञसँग समितिले छलफल गरेको थियो । बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले आज विषय टुङ्गो नलगेकाले भोलि पनि फुटेजको विषयमा पुनः छलफल र अनुसन्धान हुने बताउनुभयो । सीसीटीभी फुटेजमा के देखियो भनेर अहिले भन्न नमिल्ने र यो विषय प्रतिवेदनमै आउने अर्यालले बताउनुभयो ।
बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ । यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गएको असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो । समिति गठन भएलगत्तै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।