कैलाश-मानसरोवर सडक खण्डमा पहिरो जाँदा एक नेपाली मजदुरको ज्यान गयाे

 साउन ११, २०७९ बुधबार १२:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले धार्चुलामा बनाउँदै गरेको कैलाश-मानसरोवर सडक खण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हिजो दिउँसो ४ बजे कैलाश मानसरोवर सडक खण्डको धार्चुलामा रहेको लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खसेकाे थियाे । पहिराेमा परि सडकमा काम गरिरहेका डडेलधुराका ४५ वर्षीय नरबहादुर रोकाको ज्यान गएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।  उहाँका अनुसार घटनामा ३८ वर्षीय पदमसिंह कुँवर गम्भीर घाइते हुनुभएको छ ।

कुँवरको धार्चुला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो । भारतले पिथौरागढ जिल्लाबाट झन्डै १ सय ५० किलोमिटर दूरीमा धार्चुला हुँदै कैलाश मानसरोवर सडक निर्माण गरिरहेको छ ।

गर्ग एण्ड गर्ग कम्पनीले सडक चौडा गरेर कालोपत्रे गर्ने काम गरिरहेको छ । त्यहाँ नेपालीहरुले पनि मजदुरी गर्दै आएका छन् ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया