राप्ती गाउँपालिकाले विद्यालय वरपर 'जंक फूड' र चिसो पेयपदार्थ  बिक्रीमा रोक लगायो

 साउन ११, २०७९ बुधबार १५:१३:३२ | रासस
unn.prixa.net

दाङ – दाङको राप्ती गाउँपालिकाले विद्यालय वरपर जंक फूड अर्थात पत्रु खाना  बिक्री गर्न रोक लगाएको छ । विद्यालयको एक सय मिटर वरपर जंक फूड र चिसो पेय पदार्थ बिक्री वितरणमा रोक लगाउन गाउँपालिकाले निर्देशन दिएको हो ।

गएको  असार १९ गते गाउँ कार्यपालिकाको बैठकले सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रममा प्लाष्टिकका फूल, खादा तथा चिसो पेय पदार्थ र जंक फूड प्रयोग नगर्ने निर्णय गरेको थियो । गाउँपालिकाले जंक फुडको साटो पालिकामा उत्पादन हुने फलफूल अन्न धान, मकै, गहुँ, अण्डा, तरकारी तथा सागसब्जी,  काउली, आलु, केराउ, चना आदिबाट बनेका खाना तथा खाजाको बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँले  प्लाष्टिकका माला तथा खादा प्रयोगमा समेत प्रतिबन्ध लगाएको बताउनुभयो ।  त्यस्तै गाउँपालिकाले विद्यार्थीले गह्रुंगो झोला बोकेर विद्यालय जानुपर्ने स्थितिको अन्त्य गर्न पनि निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया