साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – झापाको भद्रपुर नगरपालिकाको फेसबुक पेजमा सार्वजनिक गरिएको सूचना अनुसार भद्रपुरका मेयरका हातमा अब मुसा छैनन् । मेयरका हातमा आएका मुसा शल्यक्रिया गरेर हटाइएको नगरपालिकाले जनाएको हो । फेसबुक पेजमा मेयरका हातका मुसाको शल्यक्रिया मेची अञ्चल अस्पतालका डाक्टर रामबाबु खड्का र डाक्टर दीपक सिंहको टिमले गरेको हो ।
पछिल्लो समय स्थानीय तहले आफ्ना कामकारबाहीलाई फेसबुक र ट्विटरमार्फत सार्वजनिक गर्ने गरेका छन् । तर भद्रपुर नगरपालिकाले भने मेयरका हातमा पलाएको मुसा हटाइएको खबरलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ ।
यो खबर भद्रपुर नगरपालिकाकै आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी आएका छन् ।
पत्रकार राजेन्द्र दाहाल ट्विटरमा टिप्पणी गर्नुहुन्छ, ‘मेयरको हातमा पलाएका मुसा काटेर फालेकोमा नगरपालिकाको यत्रो विज्ञप्ति ? यो चाकरी हेर्दा त संघीयताले गाउँ गाउँमा सिंहदरबार होइन नारायणहिटी दरबार चाहिँ पुर्याएको भान हुन्छ ।’
— Rajendra Dahal (@RDahal62) September 24, 2018
दाहालले सरकारले गाउँगाउँमा सिंहदरबार होइन, नारायणहिटी पुर्याएको महसुस हुन लागेको टिप्पणी गर्नुभएको छ । त्यस्तै लेखक रामेश व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, ‘मेरो नगरपालिकाले औपचारिक रुपमै जानकारी दिएअनुसार अब मेरा मेयरका मुसा छैनन् । तपाईँका मेयरका नि?’
त्यस्तै लेखक केदार शर्मा भन्नुहुन्छ, ‘महिनाको सर्वश्रेष्ठ टिप्पणी,गाउँगाउँमा नारायणहिटी ।’
— केदार शर्मा (@kedarsh) September 25, 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।