चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँ : भुवन केसी

 साउन ११, २०७९ बुधबार १८:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ ।

बुधवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहनुभएका केसीले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताउनु भयो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताउनु भयाे ।

उहाँले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताउनु भयो ।

‘मलाई ठूलो जिम्मेवारी आएको छ । ४० वर्षदेखि म फिल्म इण्डस्ट्रीमा छु । यसका धेरै समस्याहरु बुझेको छु । त्यो समस्या समाधानका लागि म यहाँ आएको छु । केही दिनभित्रै समस्या बुझ्नका लागि एउटा सम्मेलन गरेर त्यसबाट निस्किएको निस्कर्षका आधारमा समस्या समाधान गर्दै अघि बढ्नेछु', उहाँले भन्नुभयो, 'आजसम्म कसैले प्राविधिकहरुको समस्या सोधेको छैन । म त्यसलाई समाधान गर्न चाहन्छु । नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ । म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु ।  म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ । कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो । मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत्थान र विकासका लागि हो । म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनैपनि ठाउँमा जान तयार छु ।’

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया