जर्मनी महिला युरो कप फुटबलको फाइनलमा : उपाधिका लागि इङ्ल्यान्डसँग खेल्ने

 साउन १२, २०७९ बिहिबार ६:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

इङ्ल्यान्डको एमके मैदानमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै जर्मनी फाइनलमा पुगेको हो ।

जर्मनीको जितमा एलेक्जान्ड्रा पोपले दुई गोल गरिन् । उनले खेलको ४० र ७६औं मिनेटका गोल गरेकी हुन् ।

फ्रान्सले एक गोल आत्मघाती उपहार पायो । खेलको ४४औं  मिनेटमा जर्मनीका मर्ले फ्रम्सले आत्मघाती गोल गरेकी हुन् । अब उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्ने भएका छन् । जर्मनीले यसअघि आठ पटक युरो कपको उपाधि जितिसकेको छ ।

इङ्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । फाइनल खेल जुलाई ३१ मा हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया