कारागारभित्र चौकीदार, नाइके र भाइ नाइकेहरूले शासन चलाइरहेका छन् : बाेहाेरा

 साउन १२, २०७९ बिहीबार १५:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले कारागारभित्र चौकीदार, नाइके र भाइ नाइकेहरूले शासन चलाइरहेको दाबी गर्नुभएकाे छ । आज बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।  

सदस्य बाेहाेराले कैदीबन्दीहरूसँग भेट्न कारागार प्रशासनले पनि उनीहरूको अनुमति लिनुपर्ने अवस्था रहेको भन्दै त्यस्तो रवैया रोक्नुपर्ने बताउनुभयो । राजनीतिक बन्दी र अन्य बन्दीलाई गरिने व्यवहार फरक हुनुपर्ने उहाँकाे भनाइ छ ।   

अर्का सदस्य भैरवसुन्दर श्रेष्ठले कारागारमा पुस्तकालयको व्यवस्था हुनुपर्ने र कैदीबन्दीहरूलाई सीपमूलक तालिम दिनुपर्ने बताउनुभयो । उहाँले कैदीलाई अपायक पर्ने ठाउँमा स्थानान्तरण गर्न नहुने बताउनुभयो ।

अर्का सदस्य भुवनबहादुर सुनारले कैदीबन्दीहरूलाई कारागारमा चौकीदारबाट ज्यादती हुने गरेको भन्दै त्यस्तो हुन नहुने बताउनुभयो । उहाँले कैदीबन्दीलाई सीपमूलक तालिम दिइनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया