भित्री वस्त्रमा लुकाएर ल्याएको डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ

 साउन १२, २०७९ बिहीबार १६:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

फ्लाई दुबईको उडानबाट काठमाण्डौ आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा दुई वटा पोकामा रहेको १६ सय १० ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ । उनले अवैध रूपमा लुकाएर र भन्सार छली गरेर सुन ल्याएकोले पक्राउ गरिएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिनुभयो । 

पक्राउ परेका हरुनलाई थप अनुसन्धानका लागि सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया