प्रतिकूल मौसमका कारण विद्यालय शिक्षामा उच्च असर, २४ करोड २० ल...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट थप दुई जना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा काेराेनाका कारण दुई जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार २५ जनाको नमुना परीक्षण गर्दा सात १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका सात सय १० जनासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ३६ जना पुगेको छ । यही अवधिमा दुई सय १५ जना सङ्क्रमित निको भएका छन् ।
२४ घण्टामा ५९ हजार चार सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।