भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुग्नुभएको छ । विशेष चार्टर्ड विमानबाट सहायक विदेशमन्त्री लु केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको विमानस्थल प्रहरीले जनाएको छ ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनु हुनेछ । उहाँले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।
नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि लु नेपाल आउनुभएको हो । नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रूपमा पत्राचार गरेको छैन । चौतर्फी आलोचना भएपछि नेपालले गएको असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो ।
यसअघि गएको मङ्सिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेल्नुभएको थियो । लु नेपाल आउनुअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओले नेपालको भ्रमण गर्नुभएको थियो । लिउ जियान्चाओ फर्किएको दुई हप्ता नबित्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु को नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।