प्रतिकूल मौसमका कारण विद्यालय शिक्षामा उच्च असर, २४ करोड २० ल...
माघ १२, २०८१ शनिबार
मकवानपुर – मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा नदी–खोलाबाट सङ्कलन गरिने ढुङ्गा, गिट्टी, बालुवाको कर सङ्कलनमा ठूलो रकमको बदमासी भएको पाइएको छ । मनहरी खोलाबाट प्रारम्भिक वातावरणीय प्रतिवेदन (आईईई) गरेको परिमाणभन्दा कम कर सङ्कलन गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा गाउँपालिकालाई नोक्सानी हुने गरी अमानतमा तोकिएको भन्दा कम कर सङ्कलन गरेको जनाएको छ । जनप्रतिनिधि र कर्मचारीबाट एक करोड १८ लाख ९९ हजार तीन सय ६७ रुपैयाँ असुल गर्न सुझाव दिइएकाे छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गाउँपालिकालाई हानी नोक्सानी पुग्ने गरी अमानतमा कर सङ्कलन गरिएको जनाइएको छ ।
मकवानपुरको मनहरी खोलाको मनहरी पुलदेख पाँच सय मिटर उत्तरदेखि चैनपुर गोराङ्दी दोभानसम्मको खोलाबाट ढुङ्गा, गिट्टी, बालुवाको कर सङ्कलन गर्दा अमानतमा सङ्कलन गर्ने निर्णय गर्ने पदाधिकारी र कर सङ्कलन गर्ने कर्मचारीबाट रकम असुल गर्न महालेखाले सुझाव दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।