प्रतिकूल मौसमका कारण विद्यालय शिक्षामा उच्च असर, २४ करोड २० ल...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - नेवार समुदायभित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुँला सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु बिहानै आजदेखि एक महिनासम्म विभिन्न तीर्थस्थलमा जाने चलन छ ।
विशेष गरेर काठमाण्डौको स्वयम्भूमा भिड लाग्ने गर्दछ । स्वयम्भूमा बिहानैदेखि दर्शनार्थीको भिड छ । काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायका गुँला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ ।
गुँला महिनामा स्वयम्भूमा उपत्यकाबाट मात्र नभएर उपत्यका बाहिरबाट एक महिनासम्म दिनहुँ हजारौँ भक्तजन आउने गर्दछन् ।
यसैबीच ललितपुरमा आजदेखि ब्वगी जाने भनेर मतया:को रुट निरीक्षण गर्न जान सुरु भएको छ । हरेक वर्ष स्थानीय बासिन्दा आजका दिनदेखि नै मतया:को रुट निरीक्षण गर्न जाने गर्दछन् ।
ब्वगी यसपालिको मतयाःको पाली लिएको टोल कोबहालबाट गएरातिदेखि सुरु भएको हो । मतया:को रुट नसकिउन्जेल हरेक बिहान बाजागाजासहित ब्वगी जाने चलन छ । यसपालिको मतया: यही साउन २८ गते शनिवार परेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।