इङ्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी

 साउन १३, २०७९ शुक्रबार ८:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ । कार्डिफमा गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएसँगै तीन खेलको शृङ्खला एक/एकको बराबरी भएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६  ओभर ४ बलमा १ सय ४९ रनमा अलआउट भयो । इङ्ल्यान्डका जोनी बेयस्ट्रोले ३० रन बनाए । कप्तान जोस बटलरले २९ तथा मोइन अलिले २८ रन जोडे । दक्षिण अफ्रिकाका ताब्रेज साम्सी र एन्डीलेले समान ३/३ विकेट लिए ।

लुङ्गी एनजिडीले २ तथा कागिसो रबडा र केशव महाराजले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोली दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । उसका लागि राइली रुसो तथा रिजा हेन्ड्रिक्सले अर्धशतकीय पारी खेले ।

रुसोले अविजित ९६ रन तथा हेन्ड्रिक्सले ५३ रन बनाए । इङ्ल्यान्डका रिचार्ड ग्लिसन, मोइन अलि र क्रिस जोर्डनले समान १/१ विकेट लिए । पहिलो खेलमा इङ्ल्यान्ड ४१ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा निर्णायक टी–२० खेल आइतवार हुनेछ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया