माओवादी केन्द्रद्वारा प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन

 साउन १३, २०७९ शुक्रबार ११:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन गरेको छ । 

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रदेश-१ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने तय गरेको छ । यसअघि २० गते, २२ गते र २४ गते हुने कार्यक्रमको मिति परिवर्तन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण पनि बैठक सारिएको महराले जानकारी दिनुभयो । 

पार्टी पदाधिकारीकाे बारेमा टुङ्गो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया