पहिलो टी–२० क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हरायो

 साउन १४, २०७९ शनिबार ७:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।

भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले ।

जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । भारतले यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको थियो।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया