महिला साफ च्याम्पियनसिप : नेपाल रहेको समूहमा श्रीलंका र भुटान

 साउन १४, २०७९ शनिबार १४:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् ।

समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानसँगका सबै खेल जितेको छ । प्रतियोगिता आउँदो भदौको २१ गतेदेखि असोज ३ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । एन्फाले महिला टोलीको प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया