कम्युनिटी शिल्डको उपाधि लिभरपुललाई

 साउन १५, २०७९ आइतबार ६:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले एफए कम्युनिटी शिल्ड जितेको छ ।

किग्ङ्स पावर मैदानमा लिभरपुलले ३–१ गोलसँगै जित निकालेको हो । लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१ गोल गरे ।

सिटीका जुलियन अल्भारेजले एक गोल फर्काए । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन् ।

सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया