२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

 साउन १५, २०७९ आइतबार ६:३८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् ।

दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ ।

नेपाललाई हराएमा भारतको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले जितेमा नेपाल र बङ्लादेश फाइनलमा पुग्नेछन् भने बराबरी भएमा बङ्लादेश फाइनल पुग्ने पहिलाे टाेली हुनेछ । दाेस्राे टाेलीका लागि लिग चरणकाे अन्तिम दिन कुर्नुपर्नेछ । 

प्रतियोगिताको अङ्क तालिकामा बङ्लादेश शीर्षस्थानमा छ । उसको ३ खेलमा ९ अङ्क छ । नेपाल दोस्रो स्थानमा छ । नेपालको २ खेलमा ६ अङ्क छ । भारत २ खेलमा ३ अङ्कसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेका माल्दिभ्स र श्रीलङ्काले अङ्क जोड्न सकेका छैनन् ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले मङ्गलवार बङ्लादेशसँग खेल्नेछ । फाइनल खेल शुक्रवार हुनेछ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया