भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङको मात्तिमबिर्तामा एउटा घर भत्किएको आशङ्का गरिएको छ । तर, त्यो ठाउँ दुर्गम भएकाले पुष्टि हुन बाँकी रहेको साकेला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कटवालले उज्यालोलाई जानकारी दिनुभयो ।
भूकम्पको केन्द्रबिन्दु यही वडामा पर्छ । बस्ती भएकै ठाउँमा भूकम्पको केन्द्रबिन्दु भएकाले क्षति भएको हुनसक्ने आशङ्का गरिएको छ ।
‘यो बस्तीमा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु छन्, क्षतिबारे बुझ्न साकेला गाउँपालिकाका अध्यक्षसहित हामी त्यसतर्फ जाँदैछौँ’– वडाअध्यक्ष कटवालले भन्नुभयो ।
खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले पनि भूकम्पले एउटा घर भत्काएको खबर पाएको जानकारी दिनुभयो । बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्तामा ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का भोजपुर, इलाम, मोरङ र काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा महसुस गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।