महिला युरो कप : उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्दै

 साउन १५, २०७९ आइतबार १३:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिला युराे कप–२०२२ को फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्दैछन् । खेल वेम्बलीमा राति पौने १० बजे सुरु हुनेछ ।

आजको खेल जितेमा इङ्ल्यान्डले महिला विश्व फुटबलमा नयाँ इतिहास रच्नेछ । जर्मनीले आठ पटक महिला युराे कपको उपाधि जितेको छ ।

आयोजक इङ्ल्यान्ड त्यही मैदानमा खेल्न लागेको छ, जहाँ पुरुष टोलीले सन् १९६६ को विश्व कपमा पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो ।

पहिलो सेमिफाइनलमा इङ्ल्यान्डले स्विडेनलाई ४–० र दोस्रो सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया