साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित २ जना पक्राउ परेका छन् ।
सोमबार साँझ काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित रसुवा गोसाईकुण्ड गाउँपालिकाका २४ वर्षीय नरबहादुर घले र सोही गाउँपालिकाका २० वर्षीय पेम्बा तामाङ पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट बा ७३ प ३४०२ नम्बरको निलो रङको पल्सर मोटरसाइकल समेत बरामद गरिएको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
घले र तामाङले २ महिनामा दुई पटक गरी तीन किलो सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुल्न आएको छ । १ करोड ५० लाख २० हजार ६ सय ९९ रुपैयाँ बराबरको तीन किलो अवैध सुनको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि वरिष्ठ उपरीक्षक लामाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।