महिला युरो कप फाइनलमा इङ्ग्ल्यान्ड र जर्मनी खेल्दै, ९० हजार दर्शक रङ्गशाला पुग्ने

 साउन १५, २०७९ आइतबार १६:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : राेयटर्स

काठमाण्डाै – महिला युरो कप फुटबलको उपाधिका लागि आज आइतवार इङ्ग्ल्यान्ड र जर्मनी खेल्दैछन् । खेल राति पौने १० बजे बेम्बली रङ्गशालामा सुरु हुनेछ । बेम्बलीमा आज झन्डै ९० हजार दर्शक पुग्ने बीबीसीले जनाएको छ । 

सेमिफाइनलमा इङ्ग्ल्यान्डले स्विडेनलाई र जर्मनीले फ्रान्सलाई हराएर उपाधिका लागि भेट पक्का गरेका हुन् । जर्मनीले अहिलेसम्म सर्वाधिक आठ पटक महिला युरो कपको उपाधि जितेको छ भने इङ्ग्ल्यान्डले जित्न सकेको छैन । इङ्ग्ल्यान्डले उपाधि जितेमा इतिहास रच्नेछ । 

महिला फुटबलका ठूला प्रतियोगितामा अहिलेसम्म इङ्ग्ल्यान्डले जर्मनीलाई हराउन सकेको छैन । सन् २००९ को फाइलनमा जर्मनीले इङ्ग्ल्यान्डलाई ६–२ गोलले हराएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया