नेपाल भारतसँग ८-० ले पराजित

 साउन १५, २०७९ आइतबार २१:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको छ । 

भुवनेश्वरमा भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप सात गोल खायो ।

भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरे ।

यो हारसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ, नेपालको ६ अङ्क छ । आज हारे पनि नेपालको फाइनल प्रवेश सम्भावना कायमै छ ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Bishal tamang

    July 31, 2022, 10:10 p.m.

    नेपालमा फूटबलको भविष्य नै छैन , कहिले विकास हुन्न /

  •  0 Reply

तपाईको प्रतिक्रिया