इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकालाई

 साउन १६, २०७९ सोमबार ७:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ ।

साउथह्याम्टनमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा इङ्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला २–१ ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड  १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो ।

इङ्ल्यान्डका लागि जोनी बेयस्ट्रोले २७ रन बनाए भने जासन रोयले १७, कप्तान जोस बटलर र क्रिस जोर्डनले १४/१४ रन बनाए । अरुले दोहोरो अङ्क जोड्न सकेनन् । दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले ५ विकेट लिए भने केशव महाराज २ तथा एन्डिले फेलुकवायो, एडन मार्क्रम र एन्रिच नोट्रेजले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दरिक्षण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्स र एडन मार्क्रमले अर्धशतकीय पारी खेले । हेन्ड्रिक्सले ७० तथा मार्क्रमले ५१ रनको योगदान गरे । यस्तै, राइली रुसोले ३१ तथा कप्तान डेबिड मिलरले २२ रन बनाए । इङ्ल्यान्डका लागि डेबिड विलिले ३ विकेट लिए भने मोइन अली र क्रिस जोर्डनले समान १/१ विकेट लिए।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया