कास्कीमा सबैभन्दा धेरै वर्षा, २४ घण्टामा ३ सय २६ मिलिमिटर वर्षा मापन

 साउन १६, २०७९ सोमबार ९:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - गएको २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै वर्षा भएको छ ।

गएको २४ घण्टामा कास्कीको लामपाटनमा रहेको मापन केन्द्रमा ३ सय २६ मिलिमिटर वर्षा मापन भएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको १२ घण्टामा ३ सय ९ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १० मिलिमिटर वर्षा हुनुलाई हल्का वर्षा मानिन्छ ।

यस्तै, १० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटर वर्षालाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा भनिन्छ । अहिले पनि कास्कीसहित देशका धेरै ठाउँमा पानी परिरहेको छ।

आज प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया