भारतसँगको हारपछि  प्रशिक्षक मेघराज केसी भन्छन् : खेलाडी र एन्फालाई दोष नदिनु, यसमा मेरै गल्ती छ

 साउन १६, २०७९ सोमबार ११:२४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले अनुभवको कमीले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् ।

हिजोको खेलमा नेपाल भारतसँग पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै प्रशिक्षक केसीले भनेका छन् : ‘टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद,’ ‘खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् । आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौँ ।’

आइतवार भुवनेश्वरको कालीङ्गा रङ्गशालामा भएको खेलमा नेपाल घरेलु टिम भारतसँग  ८–० गोल अन्तरले पराजित भएको थियो ।

तस्बिर : मेघराज केसीकाे फेसबुक 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया