पश्चिम चितवन मेडिकल 'हब' बन्दै छ : मेयर दाहाल

 साउन १७, २०७९ मंगलबार १६:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रूपमा विकास हुने क्रममा अघि बढेको बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२५ को प्रभात माध्यमिक विद्यालयमा सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरको आज मङ्गलवार उद्घाटन गर्दै मेयर दाहालले पश्चिम चितवनमा ठूला–ठूला स्वास्थ्य पूर्वाधारहरू निर्माण हुन लाग्नु गर्वको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले पश्चिम चितवनवासी अबको केही समयपछि उपचारका लागि भरतपुर बजार जानपर्ने समस्या हटेर जाने दाबी गर्नुभयाे । 
‘शिवनगरमा ती नसय शय्याको शिक्षक अस्पताल बन्दै छ’, उहाँले भन्नुभयो, ‘त्यसकै छेउमा ए कसय शय्याकाे आर्युवेद अस्पताल पनि बन्दै छ । वडास्तरीय स्वास्थ्य कार्यालयहरू त छँदै छन् । पश्चिम चितवन स्वास्थ्यको हबको रूपमा परिचित हुँदैछ ।’

मेयर दाहालले पश्चिम चितवनमा २० औँ वर्षसम्म नभएका विकासको काम गएकाे पाँच वर्षमा सम्पन्न भएकाे दाबी पनि गर्नुभयाे । स्वास्थ्य सेवालाई शिविरलगायत विभिन्न काम गरेर जनताको आँगनसम्म पुर्‍याउने गरी महानगरपालिका अगाडि बढेको उहाँको भनाइ थियो ।

कार्यक्रममा महानगरका उपमेयर चित्रसेन अधिकारीले कोही पनि भरतपुरवासी स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनुनपर्ने बताउनुभयो । अधिकारीले भरतपुर महानगरको पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएको समेत बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ सर्जन डा. सुरेशकुमार प्रधान, महिला तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटा, डा. रजनिश मानन्धर, डा. गोविन्द पन्तलगायत अन्य विभागीय चिकित्सकले स्वास्थ्य जाँच गर्ने छन् । शिविरमा सात सय जनाले स्वास्थ्य सेवा लिने अपेक्षा गरिएको वडाध्यक्ष छविलाल सापकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया