१७ वर्षपछि पाकिस्तान भ्रमण गर्दै इङ्ग्ल्यान्ड क्रिकेट टिम, ७ खेलकाे बम्बर टी–२० शृङ्खला हुने

 साउन १७, २०७९ मंगलबार १७:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्ल्यान्ड र पाकिस्तानबीच सात खेलको बम्बर टी–२० शृङ्खला हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले आउँदो सेप्टेम्बर २० देखि अक्टोबर २ तारिखसम्म सात खेलको शृङ्खला खेल्न इङ्ग्ल्यान्ड पाकिस्तानको भ्रमणमा आउने पक्का भएको जनाएको छ ।

इङ्ग्ल्यान्डकाे क्रिकेट टोलीले १७ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो । सुरुका चार वटा खेल कराँचीमा र तीन वटा खेल लाहोरमा हुनेछन् । नोभेम्बरमा हुने टी–२० विश्व कप अघि हुन लागेको सात खेलको शृङ्खलालाई महत्त्वका साथ हेरिएको छ । टी–१० वरीयतामा इङ्ग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का निर्देशक जाकिर खाँनले सात खेलको व्यस्त र मनोरञ्जनात्मक शृङ्खलाका लागि इङ्ग्ल्यान्डलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया