ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – २० वर्षमुनिकाे साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेकाे छ । भुवनेश्वरकाे कालिङ्गा रङ्गशालामा भएकाे खेलमा नेपालले बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेलेकाे हाे ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । दुवै टाेलीबाट अवसर बने पनि गाेल भने हुन सकेन । दुवै गाेल दाेस्राे हाफमा भयाे ।
खेलकाे ६३ औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर त्यसकाे पाँच मिनेटमा नै नेपालका लागि निरञ्जन मल्लले गाेल गर्दै खेल एक–एक गाेलकाे बराबरीमा ल्याए ।
यसअघि दाेस्राे हाफकाे सुरुमै दुवै टाेलीबीच हात हालाहालसम्म भएकाे थियाे । खेलाडीबीच झगडा हुँदा रेफ्रीले नेपालका मैदानमा रहेका दिपेश गुरुङ र बेन्चका वैकल्पिक खेलाडी राेहित सुब्बालाई राताे कार्ड देखाए । यस्तै बङ्गलादेशका साहिदुल इस्लामले दाेस्राे पहेँलाे कार्डसँगै राताे कार्ड पाए । दुै टाेलीबीचकाे झगडाले खेल केहीबेर तनावग्रस्त बनेकाे थियाे ।
याे बराबरीसँगै बङ्गलादेश चार खेलका १० अङ्ककासाथ तालिकाकाे शीर्ष स्थानमा रहँदै फाइनल पुगेकाे छ । नेपाल चार खेलमा सात अङ्क जाेड्दै तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । एक खेल कम खेलेकाे भारत भने ६ अङ्कसहित तेस्राे स्थानमा छ ।
आज बेलुकी सवा ७ बजे भारत र माल्दिभ्सबीच हुने खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ । भारतले माल्दिभ्ससँग हारेमा मात्रै नेपाल फाइनलमा पुग्नेछ । माल्दिभ्ससँग भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा नै सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।