तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको प्रस्ताव
जेठ २७, २०८० शनिबार
काठमाण्डाै – घरेलु टोली जिम्बावेले बङ्गलादेशसँगको तिन खेलको टी–२० श्रृंखला जितेको छ । हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा १० रनले विजयी हुँदै जिम्बावेले श्रृंखला २–१ ले जितेको हो ।
तेस्रो खेलमा घरेलु टोलीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । जिम्बावेका भिक्टोर न्युउछीले ३ विकेट लिए । ब्राण्ड ईभान्सले २ तथा लुका जोन्ग्वे, विसेली माधिभिरी, सेन विलियम्सले समान १/१ विकेट लिए । त्यसअघि जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । उसका रायन वर्लले ५४ रनको अर्धशतकीय पारी खेले ।
बङ्गलादेशका मेहीदी हसन र हसन महमुदले समान २/२ विकेट लिए । कप्तान मोसाडिक होसाईन, मुस्ताफिजुर रहमान, नासुम अहमद र मेहमुदुल्लाहले समान १/१ विकेट लिए । पहिलो टि–२० मा जिम्बावे १७ रनले विजयी भएको थियो भने दोस्रो खेल बङगलादेशले ७ विकेटले जितेको थियो । यी दुई देशबीच ती खेलको एकदिवसीय श्रृंखला शुक्रबारदेखि सुरु हुनेछ ।