सरकारले सम्पूर्ण बल लगाएर मेरो हत्या गर्न खोज्यो : प्रकाण्ड

 असोज ९, २०७५ मंगलबार २०:२:७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आफूविरुद्ध झुठा मुद्धा लगाएर दमन गरेको भन्दै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । 

सर्वोच्च अदालतबाट रिहा भएलगत्तै मंगलबार साँझ माइतीघर मण्डलामा आयोजित कोणसभालाई सम्बोधन गर्दे उहाँले सर्वसाधारण निमुखा जनतामाथि सरकारले गरेको दमनको प्रतिकार आन्दोलनमार्फत गरिने चेतावनी दिनुभएको हो । नेपालमा अहिले भएको राजनीतिक परिर्वतनमा प्रधानमन्त्री केपी ओलीको कुनै हात नरहेको र आफूहरुको अनवरत सघर्षबाट मात्रै संभव भएको दावी उहाँले गर्नुभयो । दुईतिहाईको सरकारले सम्पूर्ण बल लगाएर आफ्नो हत्या गर्ने प्रयास गरेको जिकीर पनि उहाँले गर्नुभयो ।

प्रहरीले प्रकाण्डलाई विभिन्न जिल्लामा आगजनी, सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको, चन्दा असुली लगायतमा दोषी आरोपित गर्दै उदयपुर, मकवानपुर, काठमाडौं, काभ्रेलगायत जिल्लामा मुद्धा दर्ता गरेको थियो । यी मुद्धामा प्रहरीले पटक–पटक नियन्त्रणमा लिई मुद्धा चलाए पनि सर्वोच्चले रिहा गर्न आदेश दिदै आएको छ ।


 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया