नेपालले ‘ताइवान स्वतन्त्रता’ काे विराेध गर्नेमा विश्वस्त छु : राजदूत यान्छी

 साउन १८, २०७९ बुधबार १९:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । 

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे ट्विटरमार्फत टिप्पणी सार्वजनिक गर्दै राजदूत यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास रहेको उल्लेख गर्नुभएको छ । चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ‘ताइवान स्वतन्त्रता’ को दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ भन्दै उहाँले यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि रहेको बताउनुभएको छ । 

पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लङ्घन भएको राजदूत यान्छीको भनाइ छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया