गोरखा, कास्की, दोलखासहितका ठाउँमा ठूलो वर्षा, तामाकोसीमा बाढीको जोखिम

 साउन १९, २०७९ बिहीबार ६:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ ।

कास्कीको जुमलेटी, पोखरा  विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै ठाउँमा ठूलो वर्षा भएको  छ ।

यस्तै, पर्वत, गोरखा र आसपासका केही ठाउँमा पनि ठूलो वर्षा भएकाले यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, दोलखाको तामाकोसी नदी र प्युठानको लुङ्गरी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । नदीमा पानीको सतह बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया