सूर्यकुमार यादव टी–२० वरीयताकाे दोस्रो स्थानमा, बाबरको शीर्ष वरीयता ‘जोखिममा’

 साउन १९, २०७९ बिहिबार १४:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारतका उदीयमान ब्याटर सूर्यकुमार यादवले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकाे ब्याटिङ वरीयतामा फड्को मारेका छन् । सूर्यकुमार यादवको फड्कोसँगै वरीयताको पहिलो नम्बरमा रहेका पाकिस्तानका कप्तान बाबर आजमको वरीयता गुम्ने खतरा बढेको छ । 

यादव वेस्ट इन्डिजसँग चलिरहेको शृङ्खलामा राम्रो लयमा रहेका छन् । आईसीसीले हिजो गरेको वरीयताको साप्ताहिक अपडेटमा यादव तीन स्थान सुधार गरेर दोस्रो स्थानमा पुगेका छन् । सूर्यकुमार यादव शीर्ष स्थानका बाबर आजम भन्दा जम्मा २ रेटिङ अङ्कले मात्रै पछि रहेका छन् । बाबरको ८ सय १८ र यादवको ८ सय १६ रेटिङ अङ्क रहेको छ ।

यादवले अहिले पाएको ८ सय १६ अङ्क विराट कोहली र केएल राहुल पछि कुनै भारतीयले हासिल गरेको तेस्रो उच्च अङ्क हो । यादवले गएकाे वर्षको सुरुमा मात्रै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए र गएकाे महिना इङ्ल्यान्डसँगको शतक र अस्ति मङ्गलवार वेस्ट इन्डिजविरुद्धको अर्धशतकपछि उनको वरीयतामा निकै सुधार भएको हो । 

याेसँगै यादव यस वर्षको अन्त्यमा हुने आईसीसी टी–२० विश्व कपका लागि अस्ट्रेलिया जाने सम्भावना पनि बढेको छ । 

टी–२० को ब्याटिङ वरीयतामा पाकिस्तानका मोहम्मद रिजवान तेस्रो र दक्षिण अफ्रिकाका एडियन मार्करम चौथो स्थानमा झरेका छन् ।आईसीसीले त्रूटिपूर्ण तरिकाले वरीतया निर्धारण गरिरहेको भन्दै पाकिस्तानी क्रिकेट समर्थक भने आक्रोशित भएका छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया