आरजु राणा उदीयमान नेता हो, प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? : नेता विश्वकर्मा

 साउन १९, २०७९ बिहीबार १८:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले नयाँ दिल्लीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाबीच भएको भेटवार्ताबारे गरिएको टिप्पणीप्रति सहमति जनाउनुभएकाे छ । आज (बिहीवार) काठमाण्डौकाे रिपाेर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उहाँले प्रचण्ड दिल्लीमा राजनीतिक भेटवार्तामा रहेको र आरजु पनि उपचारको सिलसिलामा दिल्लीमै रहेकोले भेटवार्ता भएको र त्यो भेटवार्तामा स्वास्थ्य लाभको कामना गरिएको स्मरण गराउनुभयो ।  

उहाँले नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइन, तर अहिले यस्तो सहमति भएको छैन । यो सबै अफवाह हो । कुन दलको प्रतिनिधि सभामा सिट सङ्ख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ । नेतृत्वको सवालमा दलहरूबीच अर्को चरणमा  छलफल हुन्छ । अहिले प्रचण्ड र आरजुले सरकार नेतृत्वको गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो । आरजु दिल्लीमा हुनुहुन्थ्यो । प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो, त्यति बेला उहाँ आरजुको स्वास्थ्य लाभको कामना गर्न जानुभयो । डा. आरजु उदीयमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? तर अहिले यो विषयमा छलफल र चर्चा नै चलेको थिएन । र छैन ।’

कार्यक्रममा बाेल्दै नेता विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिस्पर्धा हुने बताउनुभयाे । आउँदो चुनावसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने उहाँको भनाइ छ । 

नेता विश्वकर्माले चुनावमा फलानो दलको फलानो नेता प्रधानमन्त्री बन्ने भनेर अहिले नै उम्मेदवार तोकेर जाने अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गठबन्धन गरेर नै जाने भनिएको छ, यस्तो बेलामा अहिले फलानो पार्टीका फलानो नेता प्रधानमन्त्रीको उम्मेदवार भनेर जाने अवस्था छैन ।’

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया