सर्वोच्चले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

 साउन २०, २०७९ शुक्रबार ७:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ ।

सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो ।

अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्याेट हुने विश्वास गरिएको छ ।

अदालतमा २०७९ सालको वैशाख ३० सम्म पाँच वर्ष नाघेका मुद्दा ४ हजार ८ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६ सय १२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।  

पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आज पनि अदालत खुल्ने भएको हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया